कोरोना भाइरसका कारण इरानमा २१० जनाको मृत्यु
खबर एक्सप्रेस
२०७६-११-१७ ११:०० मा प्रकाशित
Total Shares: 489
एजेन्सी - चीनको वुहानबाट शुरु भएको नोभेल कोरोना भाइरसको संक्रमणबाट इरानमा २१० जनाको मृत्यु भएको छ ।
ज्यान गुमाउने तथा कोभिड–१९ बाट संक्रमित हुने अधिकांश राजधानी तेहरान र इरानको कोरोना इपिसेन्टर भएको सहर कोमका छन् ।
इरानले भने अहिलेसम्म आधिकारिक रुपमा कोरोना भाइरसका कारण मात्रै ३४ जनाको मात्र मृत्यु भएको बताइरहेको छ ।
इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले मृत्यु हुनेको संख्याका विषयमा भ्रम फैलाइएको आरोप लगाएका छन् ।
यसअघि इरानका सांसदले पनि सरकारले कोरोनाबाट मृत्यु हुनेको संख्या लुकाएको र गलत सूचना बाहिर ल्याएको बताएका थिए ।
शुक्रबार विश्व स्वास्थ्य संगठनले पनि इरानमा बाहिर आएभन्दा भयावह स्थिती भएको बताएको थियो ।
फेसबुक पेज Like गर्नुहोस