काठमाडौं - धवल शमशेर राणाको नेतृत्वमा प्रस्तावित ‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता हुने भएको छ ।
पार्टीका सभापति राणा र सर्वोच्च नेता दुर्गा प्रसाईं रहने गरी गठन गरिएको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगले आज मध्याह्न साढे १२ बजेको समय दिएको राणाले जानकारी दिएका छन् ।
राप्रपाबाट अलग भएर राणाले नयाँ राजनीतिक दल गठन गरेका हुन्। नयाँ पार्टीमार्फत वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित अघि बढेको राणाको दाबी छ।
राणाले राप्रपाबाट राजीनामा दिएका तथा हाल राप्रपामै रहेर नेतृत्वप्रति असन्तुष्ट रहेका नेताहरू तथा कार्यकर्तासमेत आफ्नो पार्टीमा सहभागी हुने दाबी गरेका छन्।
नयाँ दल दर्तासँगै ‘जय नेपाल पार्टी’ले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र राजनीतिक गतिविधि तीव्र बनाउने तयारी गरेको छ।

.gif)


