कोरोना भाइरसका कारण हालसम्म १५०० जनाभन्दा बढीको मृत्यु
काठमाडौं - चीनमा कोरोना भाइरसका कारण हालसम्म १५०० जनाभन्दा बढीको मृत्यु भएको छ भने ६६ हजारभन्दा बढी संक्रमित भएका छन् । कोरोना भाइरसबारे अनुसन्धानमा जुटेका वैज्ञानिकहरुका अनुसार यस भाइरसले २.२ जना व्यक्तिलाई संक्रमति गराइरहेको छ ।
अन्य भाइरसको अनुपात भने १.३ रहेको उनीहरुले बताएका छन् । हालसम्म यस भाइरस नियन्त्रण गर्ने भ्याक्सिन पत्ता लागेको छैन ।
विश्व स्वास्थ्य संगठनले यो भाइरस नियन्त्रणका लागि १८ महिनापछि मात्र भ्याक्सिन आउने बताएको छ । उता ओलम्पिक गर्ने वा नगर्ने दोधारमा जापान रहेको छ । जापानलाई ओलम्पिक सार्न दबाब आइरहेको बताइएको छ ।
यो भाइरस ३० वटा भन्दा बढी देशमा फैलिइरहेको छ । बुहान क्षेत्रमा रहेका शवदाहहरु शवैशव भएका छन् ।
शवको व्यवस्था गर्न खटिएका व्यक्तिहरुमा समेत मानसिक समस्या देखिएको बताइएको छ । चीन सरकारले भने कोरोना भाइरसलाई चाँडै नै नियन्त्रणमा लिने आश्वासन दिदै आइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस