काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले आज पनि भोलि उपस्थित हुने शर्तमा छाडेको छ ।

भोलि बिहान १० बजे अदालत उपस्थित हुनेगरी जिल्ला न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासले रविलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाएका हुन् ।

जिल्ला अदालत रुपन्देहीमा जारी बहस नसकिएपछि भोलि पुनः हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको छ ।

हिजो उनको बयान भएको थियो भने आजबाट थुनछेक बहस सुरु गरिएको हो । आज पनि उनलाई परिवारको जिम्मा लगाउने आदेश भएको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बिहीबार अदालत उपस्थित भएका थिए ।