इंग्लिस प्रिमियर लिग : आर्सनल बराबरीमै रोकियो
एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले वाटफोर्डसँग बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा आर्सनल वाटफोर्डसँग २-२ गोलको बराबरी खेलको हो ।
२-० गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले अंक बाँडेको हो । आर्सनलका लागि दुबै गोल पेरिक एम्रिक आबुमियाङले गरे । वाटफोर्डका लागि भने टम क्लेभर्ली र रोबर्टो पेरेयराले गोल गरे ।
खेलको २१ औं र ३२ औं मिनेटमा गोल गर्दै पहिलो हाफसम्म आबुमियाङले आर्सनललाई २-० गोलको अग्रता दिलाए । तर दोस्रो हाफमा आर्सनलले पहिलो हाफको जस्तो प्रदर्शन गर्न नसक्दा
खेलको ५३ औं मिनेटमा क्लेभर्लीले गोल गर्दै वाटफोर्डलाई २-१ को स्थितिमा ल्याए । ८१ औं मिनेटमा रोबर्टोले पेनाल्टीबाट गोल गरेपछि खेल २(२ को बराबरीमा सकेको हो ।
यो बराबरीसँगै आर्सनलले ५ खेलबाट ८ अंक जोड्दै लिगको सातौं स्थानमा रहेको छ ।त्यस्तै वाट्फोर्डले ५ खेलमा २ अंक जोड्दै पुछारमा रहेको छ ।अर्को खेलमा बर्नेमाउथले एभर्टनलाई ३-१ गोलअन्तरले पराजित गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस