खबर एक्सप्रेस२०७६-०८-१८ ११:०० मा प्रकाशित Total Shares: 418
काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको कुमिते ६७ केजी प्लस समूहमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक जितेकी छन् ।
नेपालकी अनुपमले पाकिस्तानकी खेलाडी नर्गिसलाई ६-३ ले हराउँदै स्वर्ण जितेकी हुन् । कराँतेमा नेपालको यो दसौं स्वर्ण हो । यो सँगै नेपालको कुल स्वर्ण संख्या २५ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस