काठमाडौं - काठमाडौं सहित देशका विभिन्न स्थानमा आज पनि पनि सरकार विरुद्ध प्रदर्शन भएको छ । कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै युवाले मुलुकका प्रमुख शहरमा प्रदर्शन गर्न गरेका हुन् । काठमाडौंको माइतीघर मण्डलामा युवाहरुले सामाजिक दुरी कायम गरेर प्रदर्शन गरेका छन् ।

आजै सुर्खेत, झापा, नवलपरासी, भक्तपुर लगायतका स्थानमा समेत प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले कोरोनाको पीसीआर परीक्षण दायरा बढाउनुपर्ने, क्वारेन्टाइन र आइसोलेसन सुधार गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई सुरक्षितसाथ नेपालमा ल्याइनुपर्ने माग राखेका छन् ।

त्यस्तै स्वास्थ्य सामग्री खरिद अनियमितता छानबिन हुनुपर्ने, खर्च पारदर्शी बनाउनुपर्नेलगायत मागपनि उनीहरुका छन । युवाहरुले शुक्रबार काठमाडौं उपत्यकाका साथै बुटवल, भैरहवा, कपिलवस्तु, गोरखा, तनुहँ, उदयपुर, हेटौंडा, काभ्रे, पाल्पामा प्रदर्शन गरेका थिए ।