रेलिगेशनमा झरिसकेको नरिच सिटी बर्नलेसँग पराजित
खबर एक्सप्रेस
२०७७-०४-०४ ०७:०६ मा प्रकाशित
Total Shares: 374
काठमाडौं - इंग्लीश प्रिमियर डिभिजनबाट रेलिगेशनमा झरिसकेको नरिच सिटी गएरातिको खेलमा बर्नलेसँग पराजित भएको छ ।
पहिलो हाफमै ९ खेलाडीमा सीमित भएको नरिच २–० ले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा ३५ औँ मिनेटमा एमिलियानो बोएन्दिया तथा पहिलो हाफको इन्जुरी समयमा योसिप द्रिमिच सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि नरिच सिटी ९ खेलाडीमा सीमित भयो ।
बर्नलेका लागि पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा क्रिस वूडले पहिलो गोल गरे । ८० औँ मिनेटमा नरिचका बेन गडफ्रीले आत्मघाती गोल गरेपछि बर्नले २–० ले विजयी भयो ।
जितपछि नवौँ स्थानको बर्नलेको ३७ खेलबाट ५४ अंक भएको छ । पुछारको नरिचको २१ अंक छ ।
फेसबुक पेज Like गर्नुहोस