रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं - सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले सभापति लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।
लामिछानेलाई आइतबार चौथो पटक म्याद थपका लागि अदालत उपस्थित गराइएको थियो। यसअघि कात्तिक २० गते लामिछानेमाथि अनुसन्धान गर्न १० दिनको म्याद थप भएको थियो।
गत कात्तिक २ गते केन्द्रीय कार्यालय च:मतिबाट पक्राउ गरी पोखरा लगेपछि लामिछानेलाई चौथो पटक आइतबार अदालतमा उपस्थित गराइएको हो।
फेसबुक पेज Like गर्नुहोस