रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको छैन : गृहमन्त्री लेखक
चितवन- गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार नगरेको बताएका छन् ।
चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । गृहमन्त्री लेखकले लामिछानेमाथि अनुसन्धानको क्रममा सरकारले प्रतिशोधको व्यवहार नगरेको दाबी गरे।
कात्तिकमा सहकारीको रकम अपचलनको आरोपमा प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लामिछानेमाथि सत्ताले राजनीतिक प्रतिशोध साँधेको रास्वपाले आरोप लगाउँदै आएको छ ।
लामिछानेमाथि अनुसन्धान कानुन बमाजिम भएको र स्वैच्छाचारी ढंगले नभएको गृहमन्त्री लेखकको भनाई छ ।
कानुन बमोजिम भएको अनुसन्धान प्रतिशोधपूर्ण नहुने लेखकले जिकिर गरे । चितवनबाट २० मंसिरमा पोखरा लामिछानेलाई सार्ने क्रममा राज्यले अमानवीय व्यवहार नगरेको दाबी गरे ।
फेसबुक पेज Like गर्नुहोस