काठमाडौं - १३ औं साग पुरुष फुटबल अन्तर्गत जारी खेलमा नेपालले भुटानविरुद्ध तेस्रो गोलको अग्रता लिएको छ।

६६औं मिनेटमा अभिशेष रिजालले हेडरमार्फत आकर्षक गोल गरेसँगै नेपालले तेस्रो गोलको अग्रता लिएको हो।

यसअघि नेपालका लागि दुवै गोल कप्तान सुजल श्रेष्ठले गरेका थिए। सुजलले खेलको पाँचौ मिनेटमा र ५० औं मिनेटमा गोल गरेका थिए।दशरथ रंगशालामा यतिबेला भुटान र नेपालको प्रतिस्पर्धात्मक दोस्रो हाफ जारी छ।