काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्।

सभापति रवि लामिछाने पक्राउ पर्ने हल्लाका बीच पार्टी पदाधिकारीहरु र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरु कार्यालयमा जम्मा भएका हुन् ।

आज बसेको विपक्षी दलहरुको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सभापति लामिछानेलाई पक्राउ गर्नसक्ने बताएपछि कार्यकर्ताहरु वनस्थलीमा जम्मा हुन थालेका छन् ।

जिल्ला अदालत कास्कीले आजै लामिछानेमाथि पक्राउ पूर्जी जारी गर्न सक्ने आँकलन रास्वपाका नेताहरुको छ ।

सहकारी ठगी प्रकरणमा असोज ६ गते पूर्व डिआइजी छबिलाल जोशी पक्राउ परेपछि रास्वपाले सर्कुलर जारी गरेर नेता कार्यकर्तालाई कार्यालयमा आउन आव्हान गरेको थियो ।