म्यानचेस्टर सिटीको सानदार जित, लिभरपुल उपाधि कुर्न बाध्य
काठमाडौं - इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित हात पारेको छ। सिटीले सोमबार राति भएको खेलमा वर्नलीलाई ५-० गोलले पराजित गरेको हो।
सिटीका लागि फोडेन र माहरेजले २-२ गोल गर्दा एक गोल डेभिड सिल्भाले गरे। फोडेनले खेलको २२ र ६३ मिनेट तथा माहरेजले ४३ मिनेट र पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीबाट गोल गरे। सिल्भाले ५१ मिनेटमा गोल थपेका थिए। जितसँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको सिटीले ३० खेलबाट ६३ अंक जोडेको छ। शीर्ष स्थानको लिभरपुलको ८३ अंक छ।
अब लिभरपुललाई उपाधि जित्न अझै पाँच अंकको खाँचो छ। बुधबार लिभरपुलले क्रिस्टल प्यालेससँग खेल्दैछ। प्यालेसलाई पराजित गरेको अवस्थामा लिभरपुल उपाधि नजिक पुग्नेछ। सिटीले बिहीबार चेल्सीसँग खेल्नेछ। चेल्सीसँग पराजित भएको अवस्थामा लिभरपुल उपाधि विजेता बन्न सक्नेछ। विजयी भएमा २ जुलाईमा सिटी र लिभरपुलको खेलपछि उपाधिको टुंगो लाग्न सक्नेछ।
फेसबुक पेज Like गर्नुहोस