काठमाडौं - न्युजिल्यान्डसँगको हारपछि भारतीय सञ्चारमाध्यमले आफ्नो देशका कप्तान विराट कोहलीलाई ‘भिलेन’ बनाएका छन्। 

म्यान्चेस्टरको ओल्ड ट्रार्फोडमा खेलाइएको खेलमा न्युजिल्यान्डसँग भारत १८ रनले पराजित भएपछि भारतीय मिडियाले विराट कोहली, केएल राहुल र रोहित शर्मालाई भिलेन भनेका हुन्।

२४० रनको सामान्य लक्ष्य पनि नाघ्न नसकेको जनाउँदै भारतीय टेलिभिजन एबीपी न्यूजले कप्तान विराट कोहली र ओपनरहरु केएल राहुल र रोहित शर्मालाई भिलेन भनेका हुन्। भारतले ४९।३ ओभरमा अलआउट हुँदै २२३ रन मात्रै बनाउन सक्यो। आजको खेलमा रवीन्द्र जडेजाले सबैभन्दा बढी ७७ रन बनाए भने महेन्द्रसिंह धोनीले ५० रनको योगदान दिए।

तर दुवैले जित दिलाउन सकेनन्। दुवैले ११६ रनको गतिलो साझेदारी गरे पनि टप अर्डरका ब्याट्म्यानको प्रदर्शन निराशाजनक भएपछि भारत पराजित भएको हो। आजको खेलमा फ्लप भएका कोही, राहुल र शर्मा तीनैजनाले केबल १–१ रन मात्रै बनाउन सके।