पुडासैनी आत्महत्यामा जोडिएकी कार्की पक्राउ
काठमाडौं - पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएकी अस्मिता कार्की पक्राउ परेकी छन् । नेपाल प्रहरीको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेर चितवन लगेको छ । काठमाडौंमा उनलाई सञ्चारकर्मी रवि लामिछानेका मान्छेले नियन्त्रणमा लिएका थिए ।
चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले आरोपित कार्कीलाई केही व्यक्तिबाट उद्दार गरेर चितवन ल्याइएको बताएका छन् । महिला प्रहरीको टोलीले कार्कीलाई चितवन लगेको हो ।
लामिछानेसहित आरोपित युवराज कंडेल अहिले प्रहरीको निगरानीमा छन् । नेपाल प्रहरीको ल्याब रिपोर्ट पनि चितवन पुग्ने क्रममा रहेको छ । यसैबीच पत्रकार लामिछानेलाई सम्पर्क गर्न खोज्दा उनको मोवाईल अफ गरिएको छ ।
आज बेलुकी वा भोलि लामिछाने र कंडेल बिरुद्ध पक्राउ पुर्जी जारी हुनेछ । प्रहरी नियन्त्रणमै राखेर लामिछानेसहित कँडेल र कार्कीमाथि प्रहरीले अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।पुडासैनीले तीन जनाका कारण आत्महत्या गर्न बाध्य भएको आरोप भिडियोमा लगाएका छन् ।
फेसबुक पेज Like गर्नुहोस