रियल मड्रिडका खेलाडीहरु क्वारेन्टाइनमा
खबर एक्सप्रेस
२०७६-११-२९ ०६:३५ मा प्रकाशित
Total Shares: 577
काठमाडौं - विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसको आशंकामा स्पेनिस ला लिगा क्लब रियल मड्रिडका फुटबल खेलाडीहरु क्वारेन्टाइनमा बसेका छन् ।
क्लबको बास्केटबल खेलाडीलाई कोरोना पोजिटिभ देखिएपछि फुटबल खेलाडी पनि क्वारेन्टाइनमा बस्नु परेको हो । बास्केटबल खेलाडी र फुटबल खेलाडीले संगै प्रशिक्षण गर्ने भएकोले उनीहरुलाई क्वारेन्टाइन पठाउनुपरेको बताइएको छ
यस्तै, ला लिगा पनि दुई साताको लागि स्थगित भएको छ । कोरोनाले महामारीको रुप लिन थालेपछि ला लिगाले स्पानिस फुटबल फेडेरेसनसंगको छलफलपछि दुई सातालाई खेल स्थगित गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस