काठमाडौं - पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोजले शानदार विजयी सुरुवात गरेको छ ।

मंगलबार पोखरा रंगशालामा साविकको विजेता पोखरा पल्टनमाथि ६ विकेटको जित हात पार्दै चितवनले विजयी सुरुवात गरेको हो ।

पोखराले दिएको १०७ रनकाे लक्ष्य पछ्याएको चितवनले १४.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । चितवनको सहज जितमा विदेशी खेलाडी बाबर हायतले सर्वाधिक ६६ रनमा अविजित रहे । यस्तै सन्नी पटेलले २२ र रोहन मुस्ताफाले ११ रन जोडे ।

बलिङतर्फ पोखराका लागि राशिद खान र सर्वोजित लड्डाले समान २/२ विकेट लिए ।यसअघि पोखरा रंगशालामा टस हारेर व्याटिङको निम्तो पाएको पोखराले १९ दशमलव ५ ओभरमा अलआउट हुँदै १०७ रन बनाएको थियो ।

पोखराका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४५ रनको योगदान दिए । कुशल मल्लले १३ रन बनाए । यस्तै, आसिफ शेख, राशिद खान र रबिइन्दर सिंहले समान १०/१० रन जोडे भने अन्यले दोहोरो राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ चितवनका सन्नी पटेल, रोहन मुस्थाफा र भुवन कार्कीले समान २/२ विकेट लिए । यस्तै बिक्रम सोब, कारण केसी र पारस खड्काले समान १/१ विकेट हात पारे ।