काठमाडौँ - आयोजक इङ्ल्यान्डले वान डे विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। लर्डस स्टेडियममा अघिल्लो संस्करणको उपविजेता न्युजिल्यान्डको उपाधि जित्ने सपनामा धक्का दिँदै इङ्ल्यान्डले उपाधि उचालेको हो।

निर्धारित ५० ओभरको खेल बराबरी भएपछि सुपर ओभरमा पुगेर इङ्ल्यान्डले उपाधि उचालेको हो। सुपर ओभरमा इङल्यान्डले १५ रन बनाउन सफल भयो। उसका लागि जोस बटलर र बेन स्टोक्सले सुपर ओभरमा ब्याटिङ गरेका थिए।

सुपर ओभरमा ब्याटिङमा पुगेका मार्टिन गुप्तिल एक बलमा २ रन चाहिएको अवस्थमा रनआउट हुन पुगेपछि उपाधि न्युजिल्यान्डको हातबाट फुत्केको हो। निर्धारित समय र सुपर ओभरमा पनि खेल बराबरी भएपछि बाउन्ड्री अनुसार उपाधि इङ्ल्यान्डले उचालेको हो।

सुपर ओभरमा पनि दुवैले १५/१५ रन बनाएपछि खेलभर धेरै बाउन्ड्री प्रहार गरेको आधारमा उपाधि इङ्ल्यान्डको पोल्टामा गएको हो। २७ वर्षपछि फाइनलमा पुग्दै उपाधि चुमेको इङ्ल्यान्डले न्यूजिल्यान्डले दिएको २४१ रनको चुनौती पछ्याउँदै सबै विकेट गुमाएर २४१ रन नै बनाएको थियो। त्यसपछि सुपर ओभरबाट इङ्ल्यान्डले उपाधि जितेको हो।

सन् २०१५ मा अस्ट्रेलियासँग पराजित न्युजिल्यान्ड भने यो पटक पनि अभागी सावित भयो। इङ्ल्यान्डलाई जिताउने क्रममा बेन स्टोक्सले सानदार पारी खेले। उनले ९८ बलमा ८४ रन बनाए। जोस बट्लरले ६० बलमा ५९ रनको अर्धसतकीय पारी खेले। उनले आफ्नो पारीमा ६ चौका पनि प्रहार गरेका थिए।

त्यसैगरी इङ्ल्यान्डलाई च्याम्पियन बनाउन जेएम बोरिसोभले ५५ बलमा ३६ रनको योगदान दिए। यसअघि लण्डनको लर्डस् मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पूरा ५० ओभरमा ८ विकेट खर्चंदै २ सय ४१ रन बनाएको थियो। न्यूजिल्यान्डका लागि हेनरी निकोलसले सर्वाधिक ५५ रन बनाए।

कप्तान केन विलियम्सनले ३० रन जोडे।  इंग्ल्यान्डका क्रिस ओक्स र लियाम प्लूनकेटले समान ३/३ विकेट खसाले। दुवै टोली पहिलो पटक विश्वकपको उपाधि चुम्ने लक्ष्यसहित मैदानमा उत्रिएका थिए। तर घरेलु मैदानको फाइदा उठाउँदै बाजी मार्यो। न्युजिल्यान्ड सन् २०१५ को विश्वकपको उपविजेता हो।

क्रिकेटको जननी इंग्ल्याण्ड २७ वर्षपछि विश्वकपको फाइनलमा पुग्दै च्याम्पियन भएको हो।  १९९२ पछि फाइनलमा इङ्ल्यान्डको सन् १९९२ पछि विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो।