एजेन्सी - स्पेनिस सरकारले स्वीकृति दिएपछि ला लिगा भन्दा अघि नै घरेलु फुटबल प्रतियोगिता सुरु हुने भएका छन् ।

कोरोनाका कारण पछिल्लो डेढ महिनादेखि बन्द रहेको ला लिगा क्लवहरुले सरकारको स्वीकृतिसँगै टिमको प्रशिक्षण पनि सुरु गर्ने भएका छन् ।

कोरोनाको संकटका कारण स्वास्थ्यमा पर्न सक्ने संम्भावित असरबाट बच्नका लागि विस्तृत विवरण तयार पारेसँग सरकारले स्पेनमा लिग फुटबल सुचारु गर्न स्वीकृति दिएको हो ।११ चरणका खेलहरु हुन बाँकी रहेको ला लिगामा बार्सिलोना रियाल मड्रिड भन्दा दुई अंकले अगाडी छ ।

संकटाका रुपमा रहेको संक्रमणका बिच स्पेनमा ला लिगा बन्द रंगशालामा गर्ने तयारी गरिएको छ ।खेलका बेला संक्रमण नहोस भनेर स्पेनले चार चरणका योजना बनाएको छ । मे ४ देखि ११ तारिखसम्म पहिलो चरणको प्रशिक्षण सुरु गरिने बताइएको छ ।

यस्तै प्रशिक्षणका बेला पनि सामाजिक दुरी कायम गरेर गर्नुपर्ने नियम बनाइएको छ भने खेलाडी, प्रशिक्षक र कर्मचारीलाई हरेक दिन प्रशिक्षण सुरु भएपछि परीक्षण गरिनेछ ।मंगलबार मात्र युइएफएले मे २५ तारिखसम्म सबै संघलाई घरेलु लिगको निर्णय दिन निर्देशन दिएको थियो ।