पीपीएल : १ सय ६ रनले हार्यो धनगढी
काठमाडौं - पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग९पीपीएल०को आज भएको खेलमा काठमाडौं गोल्डेन वारियर्सले धनगढी ब्लुजलाई एक सय ६ रनले हराएको छ । निर्धारित १७ ओभरमा ५ विकेट गुमाउँदै काठमाडौंले एक सय ८५ रन जोडेको थियो । एक सय ८८ को लक्ष्य पाएको धनगढी १६ ओभरमै अलआउट भएपछि काठमाडौंले उल्लेखनीय जित निकाल्न सफल भएको हो ।
यो जितसँगै पीपीएल लिग क्रिकेटमा काठमाडौं गोल्डेन्स वारियर्सले पहिलो जित निकालेको छ ।
विशाल लक्ष्य पछ्याएको धनगढीको सुरुआत भने राम्रो हुन सकेन । टिमले २ रन बनाउँदा सन्दीप सुनार आउट भएका थिए । दोस्रो विकेटको रुपमा श्रीमन्था वाजिरत्ने आउट भएका थिए । १५ रन बनाएर वाजिरत्ने आउट हुँदा धनगढीको स्कोरबोर्डमा २७ रन रहेको थियो । तेस्रो विकेटको रुपमा रोड्रिगो थोमस व्यक्तिगत १० रन बनाएर पेभेलियन फर्किए ।
सौरभ खनालले ९ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरी ८ रन बनाएर आउट भए । सन्दीप जोराले ७ रन बनाउँदा अमित यादवले तीन तथा कमल सिंह ऐरी सात रन बनाएर आउट भए । ६० रन हुँदा ८ विकेट गुमाएको धनगढीका लागि विक्रम ठगुन्ना र सागर ढकालले इनिङ अघि बढाउने प्रयास गरे पनि सफल भने हुन सकेनन् । ठगुन्ना नवौं विकेटको रुपमा ९ रन बनाएर आउट भए । ढकालले ६ रन बनाए ।
धनगढीविरुद्ध बसन्त रेग्मीले तीन विकेट लिँदा पवन शर्राफ र सुवोध भाटीले २–२ विकेट लिए र यसैगरी अमृत भट्टराई र सुशन भारीले एक एक विकेट लिए ।
टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले ३७ बलमा सतक हानेका थिए । उनले ९ छक्का र ८ चौका प्रहार गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस