रोनाल्डोले दुई गोल गरेपनि च्याम्पियन्स लिगबाट बाहिरियो युभेन्टस
एजेन्सी - इटालियन सिरि 'ए' च्याम्पियन युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।
गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा लियोनविरुद्ध २-१ गोलको जित निकाले पनि समग्रमा २-२ को बराबरी भएपछि युभेन्टसको दोस्रो चरणको यात्रा समाप्त भएको हो । युभेन्ट्सबिरुद्ध अवे गोलमा जित निकाल्दै फ्रेन्च क्लब लियोनले अन्तिम ८ को यात्रा तय गरेको छ ।
घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि युभेन्ट्सलाई अन्तिम ८ मा पुर्याउन सकेनन् ।
गएराति भएका खेलमा मेम्फिस डिपेले पेनाल्टिमार्फत् गोल गर्दै १२ औं मिनेटमा लियोनलाई अग्रता दिलाएका थिए । तर, ४३ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
यस्तै, ६० औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए । तर दुवै पक्षबाट थप गोल हुन नसकेपछि खेल लियोनको पक्षमा गएको हो ।
अब लियोनले सेमिफाइनलका लागि प्रीमियर लिग क्लब म्यान्चेस्टर सिटीसँग खेल्ने छ । सिटीले स्पेनिस ला लिगा क्लबलाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस