काठमाडौं - क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाहजले लिगमा दोस्रो हार व्यहोरेको छ ।

सन्दीप लामिछानेले उत्कृष्ट बलिङ र आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गरेपनि जमैका गुएना अमेजन वारियर्सबिरुद्धको खेलमा १४ रनले पराजित भएको हो ।

१ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जमैकाले ७ विकेटको क्षतीमा १ सय ४ रनमात्र बनाउन सक्यो । रसेलले ३७ बल खेल्दै ४ चौका र ५ छक्काको मद्दतमा ५२ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । यस्तै कप्तान रोभमन पावेलले २३ र असिफ अलीले १४ रन बनाए ।

गायनाका कप्तान क्रिस ग्रीनले ३ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गायाना ५ बल अगावै १८ रनमा अलआउट भएको थियो । गायनाको लागि ओपनर ब्राण्डन किंगले २९ रन बनाए । यस्तै चन्द्रपउल हेमराज र निकोलस पुरनले समान २१ रन जोडे ।

जमैकाका लागि मुजिव र ब्रेथवेइटले ३–३ विकेट लिए भने सन्दीपले किफायती बलिङ गर्दै २ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ८ रन खर्चिएर २ विकेट लिएका हुन् ।

उनले शेरफेन रदरफोर्डलाई ६ रनमा पोविलियनको बाटो देखाए भने क्रिस ग्रिनलाई २ रनमा बोल्ड गरेका थिए ।

जमैकाले लगातार दोस्रो खेलमा हार ब्यहोरेको छ । उसले तीन खेलमा मात्र २ अंक बटुल्दै तालिकाको पुछारदेखि दोस्रोमा छ ।