धोनी भाजपामा प्रवेश गर्ने दाबी
एजेन्सी – भारतीय टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले क्रिकेटबाट संन्यास लिएपछि भारतीय जनता पार्टीमा प्रवेश गर्ने दाबी भाजपाका वरिष्ठ नेता सञ्जय पासवानले गरेका छन् ।
एक मिडिया च्यानलसँग कुरा गर्दै पासवानले धोनीलाई पार्टीमा भित्र्याउने विषयमा लामो समयदेखि कुराकानी चलिरहेको बताए ।
लोकसभा चुनावअघि नै धोनीलाई पार्टीमा ल्याउने कोशिश गरिएको उनले बताए । सम्पर्क फर समर्थन कार्यक्रममा भाजपाका राष्ट्रिय अध्यक्ष अमित शाहले धोनीसँग भेटघाट गरेका थिए ।
शनिवार राँचीमा भाजपका राष्ट्रिय महासचिव अरुण सिंहलाई यसको बारेमा सोध्दा उनले केही पनि बताएनन् । झारखण्डमा यसै वर्ष विधानसभा चुनाव हुँदैछ । पार्टीलाई संगठनात्मक मजबूती दिने कोशिश हुँदैछ ।
विश्वकपबाट भारतीय टीम बाहिरिएपछि सामाजिक सञ्जालमा धोनी ट्रेन्डमा छन् । उनले यस प्रतियोगितापछि संन्यास लिने अड्कल गरिँदा प्रशंसकहरूले संन्यास नलिन अपील गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस