बीआरआईमा ऋण लिने सहमति भएको छैन : सभापति देउवा
खबर एक्सप्रेस
२०८१-०८-२१ ०४:३४ मा प्रकाशित
Total Shares: 40
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गराएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।
धरान जाने क्रममा विराटनगर विमानस्थलमा बोल्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओली चीन गएको बेला बीआरआईमा ऋण लिने सहमति नभएको उनको भनाइ छ ।
सभापति देउवाले भने, ‘प्रधानमन्त्रीज्यूलाई बधाई छ । ऋण लिएको छैन भनेपछि बुझ्नुस्, ऋण लिएकै छैन।’
उनले ऋण लिने सहमति नगरेको भन्दै ओलीलाई धन्यवाद दिए । उनले संविधान संशोधनको काम अगाडि बढिरहेको बताए ।
सहमतिका आधारमा मात्र संविधान संशोधन गरिने उनको भनाइ छ ।
फेसबुक पेज Like गर्नुहोस