नेपालमा पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना पुष्टि, ५७६० पुगे संक्रमित
खबर एक्सप्रेस
१९७०-०१-०१ ०५:३० मा प्रकाशित
Total Shares: 303
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।
जसमा ९७४ जनाले कोरोना जितेर घर फर्किएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लोसमय ६१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । संक्रमण पुष्टि भएका जिल्लाको संख्या ७३ पुगेको छ । आज रुकुमपूर्व पनि थपिएको छ ।
फेसबुक पेज Like गर्नुहोस