३० वर्षपछि लिभरपुललाई प्रिमियर लिगको उपाधि
एजेन्सी - लिभरपुलले ३० वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग २-१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो ।
घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे । सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काए । चेल्सीको जितसँगै लिभरपुलले ३० वर्ष पछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो ।
यसअघि लिभरपुलले सन् १९८९/९० को सिजन प्रिमियर लिगको उपाधि जितेको थियो ।
लिभरपुललाई यस सिजन उपाधिका लागि एक जित आवश्यकता रहेको थियो । तर, सिटीले अंक गुमाएपछि लिभरपुल ३१ खेलमै च्याम्पियन बनेको हो ।
यदि सिटीले चेल्सीलाई हराएको भए लिभरपुलको उपाधि पछि धकेलिने थियो । चेल्सीसँग पराजित भएपछि सिटी लिभरपुल भन्दा २३ अंकले पछि रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस