युभेन्टसको जितमा रोनाल्डोको नयाँ कीर्तिमान
एजेन्सी - क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा सिरि ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले लाजियोलाई २–१ गोल अन्तरले हराएको हो ।
युभेन्ट्सको जितमा रोनाल्डोले दुवै गोल गरे । योसँगै रोनाल्डो सिरि ए, ला लिगा र प्रिमियर लिगमा ५० गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन् ।
पहिलो हाफ बराबरीमा सकिएको खेलमा ५१ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए। त्यसको ३ मिनेटपछि पाउलो ड्याबालाको पासमा रोनाल्डोले दोस्रो गोल गरे ।
सिरो ईम्मोबिलले पेनाल्टीमा गोल गर्दै लाजियोलाई खेलमा फर्काउने कोशिश गरे । तर, युभेन्टसले जित्यो । युभेन्ट्सलाई लगातार नवौं लिग उपाधि जित्न मात्र ४ अंक आवश्य देखिएको छ ।
रोनाल्डो र ईम्मोबिल सिरि एको सर्वाधिक गोलकर्ताको दौडमा रहेको छन् । दुवैले ३०/३० गोल गरेका छन् ।
पोर्चुगलका कप्तान रोनाल्डोले सन् २००७–८ पछि पहिलो पटक युभेन्ट्सबाट सिरि ए फुटबलमा गोल्डेन बुटका लागि दाबेदारी प्रस्तुत गरेका छन् । सन् २००७–८ को सिजन एलेसेन्ड्रो डेल पिएरोपछि पहिलो पटक रोनाल्डो क्लबबाट गोल्डेन बुटको दौडमा अघि देखिएका हुन् ।
रोनाल्डो सबै भन्दा छिटो ५० गोल पुरा गर्ने सिरि एकको यस शताब्दीकै पहिलो खेलाडी हुन् । उनले ६१ खेलमा सो उपलब्धी हासिल गरेका हुन् । शीर्ष स्थानको युभेन्ट्सको ८० अंक भएको छ । दोस्रो स्थानको ईन्टरसंग युभेन्ट्सले ८ अंकको अग्रता लिएको छ ।
फेसबुक पेज Like गर्नुहोस