काठमाडौं - बलात्कारको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ ।

शुक्रबार काठमाडौंको बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा निवर्तमान सभामुख महराको थुनछेक बहस सुरु भएको हो । महरामाथि संसदसचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका महरालाई सरकारी वकीलको कार्यालय, काठमाडौंले गत बिहीबार ९हिजो० बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

अहिले जिल्ला अदालत काठमाडौंमा महरालाई उपस्थित गराएर न्यायाधिश सुर्दशनराज पाण्डेको एकल इजलासमा थुनछेकको बहस सुरु भएको छ ।

थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्नै अदालतले फैसला गर्नेछ ।