काठमाडौं - एकदिवसीय विश्वकपको उपाधिको लागि आज आयोजक इंग्ल्याण्ड र न्युजील्यान्ड  प्रतिस्पर्धा गर्दैछन्। बेलायतको लड्स मैदानमा आइतबार अपरान्ह सवा तीन बजे हुने खेलमा इंग्ल्यान्ड र न्यूजील्यान्ड आमने सामने हुन लागेका हुन्।

  साविक विजेता अस्ट्रेलियालाई पराजित गर्दै इङ्ल्यान्ड फाइनलमा पुगेको हो भने न्युजील्यान्डले भारतलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। इङ्ल्यान्ड र न्युजील्यान्डले हालसम्म विश्वकपको उपाधि जितेका छैनन्। 

यो पटकको विश्व क्रिकेटले नयाँ विश्वकप विजेता टिम पाउनेछ। उत्कृष्ट खेल खेलेका दुवै टोलीले विश्वकप जित्ने दाबी गरेका छन्। यसपटकको  विश्वकपको विजेता टिमले ४ मिलियन अमेरिकी डलर अर्थात ४३ करोड ८१ लाख  २० हजार पुरस्कार पाउनेछ।  जुन हालसम्मकै क्रिकेट विश्वकपमा दिईएको मध्ये सर्वाधिक रकम हो।

यस अघि सन् २०१५ को एकदिवसीय विश्वकप विजेता अस्ट्रेलियाले ३.९७५ मिलियन डलर पुरस्कार पाएको थियो।  यो पटक उप–विजेता टिमले २ मिलियन अमेरिकी अर्थात २१ करोड ९० लाख ६० हजार रुपैयाँ पाउनेछ डलर पुरस्कार पाउनेछ।