सूर्यदर्शन सहकारी प्रकरणमा रामबहादुर खनाल पनि पक्राउ
काठमाडौं - सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाल पनि पक्राउ परेका छन् । सीआईबीका एसपी होविन्द्र बोगटीले खनाललाई काठमाडौंको पानीपोखरीबाट शुक्रबार पक्राउ गरिएको जानकारी दिए ।
बोगटीका अनुसार उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्याल्य कास्की पठाइएको छ । शुक्रबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले तनहुँको बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको हो ।
उनी गोरखा ग्रुप अफ कम्पनी लिमिटडमा पनि शेयरधनी छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने समेत पक्राउ परेर हाल प्रहरी हिरासतमा छन् ।
फेसबुक पेज Like गर्नुहोस