नेपालमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५३३५ पुग्यो
खबर एक्सप्रेस
२०७७-०३-०३ ०४:२७ मा प्रकाशित
Total Shares: 270
काठमाडौं - पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको संक्रमण २७३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टा २७३ जनामा कोरोना संक्रमण देखिएको बताए ।
शनिवार संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।
उनले कोरोना संक्रमण देखिने २४७ पुरुष र ३६ महिलामा कोरोना संक्रमण देखिएको बताए ।
फेसबुक पेज Like गर्नुहोस