काठमाडौं - आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ।

त्रिवि मैदानमा भएको खेलमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर गर्दै ८ विकेटले पराजित गरेको हो ।

नेपालको जितका लागि पारस खड्काले १२ बलमा २० रन र उपकप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा १५ रन बनाए। अमेरिकाले दिएको ३६ रनको लक्ष्य पछ्याएको नेपाललाई पनि अमेरिकी बलरले सुरुमा कडा झड्का दिए ।

दोस्रो ओभरमा नेपालका दुवै ओपनर आउट भए । ज्ञानेन्द्र मल्ल ५ बलमा १ रन र सुवास खकुरेल ४ बलको सामना गर्दा शुन्य रनमै आउट भए। अमेरिकाले १२ ओभरमा सबै विकेट गुमाएर ३५ रन बनाएको थियो।