काठमाडौं - म्याच फिक्सिङको आरोपमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित ६ खेलाडीलाई सर्वोच्च अदालतले सफाइ दिएको छ ।

अदालतले मंगलबार विशेष अदालतकै फैसला सदर गर्दै तत्कालिन फुटबल टोलीका ६ खेलाडीलाई सफाइ दिएको हो ।

सर्वोच्चका न्यायाधीसद्धय आनन्द मोहन भट्टराई र बम कुमार श्रेष्ठको संयुक्त ईजलासले विशेष अदालतको निर्णयलाई सदर गरेको हो ।

सफाइ पाउनेमा तत्कालिन फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री, पूर्वखेलाडी अन्जन केसी र डेबिड थापा रहेका छन् ।

२०७२ साल असोज २७ गते प्रहरीको अपराध महाशाखाले विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा तत्कालिन कप्तान सागर थापासहित खेलाडीलाई पक्राउ गरेको थियो ।