जनकपुरधाम - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालले पहिलो स्वर्ण जितेर इतिहास रचेको छ ।

जनकपुरस्थित हबर्ड हलमा शनिबार भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा नेपालकी संगीता धामीले स्वर्ण जितेर इतिहास रचेकी हुन् ।

महेन्द्रनगरकी संगीताले बंगलादेशकी सखिरा सरकाररिनेलाई ४.१ अंकले पराजित गरिन् । संगीताको यो सफलतासँगै नेपालको स्वर्ण ४३ वटा पुगेको छ ।

नेपाल ३० रजत र ५८ कास्यसहित १३१ पदक जितेर दोस्रो स्थानमा छ । भारत ९६ स्वर्ण, ६८ रजत र ३४ कास्यसहित १९८ पदकसहित पहिलो स्थानमा छ ।