काठमाडौं - इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्टसले एसपीएएललाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा युभेन्टसले एसपीएएललाई २-० गोलअन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डो र मिरालिम पिजानिकले गोल गरे ।खेलको ४५औं मिनेटमा पिजानिकले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको खेलको ७८औं मिनेटमा रोनाल्डोले गोल गरेपछि युभेन्टसले २-० गोलले जित सुनिश्चित गरेको हो ।

जितसँगै युभेन्टसले ६ खेलबाट १६ अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ भने पराजित सपीएएल ३ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।