काठमाडौं - नेपालमा थप २५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा २५० कोरोना संक्रमित पुष्टि भएको हो । 

योसँगै ४ हजार ६ सय १४ जना संक्रमितको संख्या पुगेको छ । तीमध्ये ८६१ जना डिस्चार्ज भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन्।