काठमाडौं- एसीसी यू–१९ एसिया कपमा नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । अफगानिस्तानले दिएको १ सय २४ रनको लक्ष्य नेपालले ४१ ओभर ३ बलमा ९ विकेट गुमाएर भेटायो । नेपालका नरेन साउदले २६, कप्तान हेमन्त धामीले नटआउट २२, अर्जुन कुमालले २१ रन बनाए । अफगानिस्तानका एएम घजनफर र खतिर स्टानिकजाईले ३र३ विकेट लिए ।

यसअघि यूएईको शारजाहमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ३५ ओभर ४ बलमा १ सय २३ रनमा अलआउट भयो । अफगानिस्तानका फैसल खानले सबैभन्दा धेरै ५२ रन बनाए । यसअघि यूएईको शारजाहमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ३५ ओभर ४ बलमा १ सय २३ रनमा अलआउट भयो । अफगानिस्तानका फैसल खानले सबैभन्दा धेरै ५२ रन बनाए ।