कोरोना भाइरसको कारण फ्रेन्च लिग स्थगित
खबर एक्सप्रेस
२०७६-११-२४ ११:४८ मा प्रकाशित
Total Shares: 334
एजेन्सी - विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि फ्रेन्च लिग वान फुटबलका खेलहरु स्थगित भएका छन् ।
आज रातीका लागि तय गरिएको पेरिस सेन्ट–जर्मेन (पिएसजी) र स्ट्रास्बर्गबीचको खेल स्थगित भएको हो ।
फ्रान्समा शीर्ष लिगको खेल कोरोना भाइरसका कारण रोकिएको यो पहिलो पटक हो । स्थगित भएको खेल फेरि कहिले हुनेछ भन्ने खुलाइएको छैन ।
फ्रान्समा फुटबलसँगै खेलकुद सम्बन्धी अरु गतिविधि पनि प्रभावित भएका छन् । कोरोना भाइरसकै कारण पेरिस म्याराथन र पेरिस–नाइस साइक्लिङ्ग पनि स्थगित भएको बीबीसीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस