पीएसजी लयमा फर्कियो, नेयमार अझै अलमलमा
काठमाडौं - फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले नेयमार बिना नै शानदार जित निकालेको छ ।
ब्राजिलियन स्टार नेयमारले पीएसजी छाड्ने तयारी गरेसंगै उनलाई मुख्य प्रशिक्षकले मैदानमा उतारेका छैनन् । आइतबार राति भएको खेलमा पीएसजीले टुलुजलाई ४–० को फराकिलो गोल अन्तरले हरायो ।
यो खेलमा मुख्य फरवार्डद्वय केलियन एम्बाप्पे र इडिसन काभानी घाइते भएका छन् । पहिलो हाफमा काभानी चोट बोक्दै मैदान बाहिरिएका थिए ।
एम्बाप्पे दोस्रो हाफमा तिघ्रामा समस्या आएपछि मैदानबाट बाहिरिएका थिए ।एन्जल डी मारियाले पेनाल्टी खेर फाल्दा समेत घरेलु मैदानमा पीएसजीले सहज जित निकाल्न सफल भयो ।
एरिक मेक्सिम चौपो मोटिङले २ गोल गरे भने माक्विनोसले १ गोल थपे । खेलमा गोन्साल्वेसले आत्मघाती गोल गरेपछि पीएसजीलाई फाइदा भएको थियो ।
अंक तालिका
रेन्नेस ३ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ । लियों ६ अंकसहित दोस्रो स्थानमा छ । पीएसजी ६ अंकबाटै तेस्रो स्थानमा छ । चौथो स्थानको निसको पनि ६ अंक नै छ । पाँचौ स्थानको एंगर्सको पनि ६ अंक छ । छैटौं स्थानको ब्रेष्टको ५ अंक छ ।
फेसबुक पेज Like गर्नुहोस