एजेन्सी - नेसन्स लिग फुटबलमा पोर्चुगलले सानदार जित निकालेको छ ।

गएराति भएको ग्रुप सीको खेलमा पोर्चुगलले क्रोएसियालाई ४–१ गोल अन्तरले हराएको हो । खेलमा साविक विजेता पोर्चुगलका लागि म्यान्चेष्टर सिटीका डिफेन्डर जोआओ क्यान्सिलोले ४१ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५८ औँ मिनेटमा डिओगो जोटाले गोल गरे । ७० औँ मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै पोर्चुगललाई ३–० ले अघि बढाएका थिए ।

दोस्रो हाफको ईन्जुरी समयमा क्रोएसियाका ब्रूनो पेटकोविकले एक गोल फर्काएका थिए । तर खेलको अन्तिम समयमा आन्द्रे सिल्भाले एक गोल गर्दै पोर्चुगललाई ४–१ को शानदार जित दिलाए ।