ला लिगा आजदेखि पुनः शुरू गरिने
काठमाडौं - स्पेनको फूटबल लीग ला लिगा पुनः सञ्चालन गरिने भएको छ ।
कोरोनाभाइरस महाव्याधिले अस्तव्यस्त बनाएको स्पेनमा तीन महिना फूटबल खेल आयोजना गरिएन । तर बिहीवारदेखि ला लिगा पुनः सञ्चालन गरिने भएको छ । जर्मनीको बुन्डेसलिगाकै अनुसरण गर्दै रंगशालामा प्रशंसक नराखिकन खेलहरू खेलिनेछन् ।
रियाल मड्रिडले आफ्नो गृहमैदानका खेलहरू अल्फ्रेडो डी स्टेफानो रंगशालामा खेलाउनेछ किनकि सान्टियागो बर्नबेउ रंग्शशाला मर्मत सम्भारको काम चलिरहेको छ । साबित विजेता बार्सिलोनाले लगातार तेस्रोपटक लीग जित्ने सुर कसिरहेको छ । बार्साले यो सीजन पनि जित्यो भने मेस्सीको करीयरको ११ औं ला लिगा उपाधि हुनेछ । रियाल मड्रिडका लेजेन्ड फ्रान्सिस्को गेन्तोले १२ उपाधि जितेको कीर्तिमान कायम गरेका छन् ।
मेस्सीले ला लिगामा तोड्न बाँकी रहेका थोरै कीर्तिमानहरूमध्ये यो पनि एक हो । रियाल मड्रिडले सीजनमा बाँकी रहेका ११ खेलहरू प्रत्येकलाई फाइनल जस्तै गम्भीर रूपमा लिएर खेल्नेछ भनी मिडफील्डर लुकास भास्केजले बयान दिएका छन् ।
बार्सिलोनामा लुइस सुआरेज फर्किने भएपछि टीम बलियो देखिएको छ । घुँडाको शल्यक्रिया गरेका कारण उनले सीजन मिस गर्ने सम्भावना थियो तर उनी निको भएका छन् ।
मेस्सीको खेल हेर्नका लागि आतुर उनका प्रशंसकहरू ला लिगा सुचारु भएपछि खुशी भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस