काठमाडौं - प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा शुक्रबार पनि सुनुवाइ जारी छ ।

अहिले वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बहस गरिरहेका छन् । उनले बहसका क्रममा राष्ट्रपति र प्रधानमन्त्रीको काम वदनियतपूर्ण भएको तर्क गरे । 

राष्ट्रपतिले शेरबहादुर देउवाको बहुमतको दाबीलाई अस्विकार गरेर वदनियतपूर्ण निर्णय गरेको अर्यालले बताए ।  ‘यो बदनियतको हद हो । राष्ट्रपतिलाई बहुमतको विश्वसनीयता परीक्षण गर्ने विशेष अधिकार संविधानले दिएको छैन ।’अर्यालले भने । 

उनले संवैधानिक परिषद् र नागरिकता विधेयक ल्याउँने निर्णय राष्ट्रपति र प्रधानमन्त्रीको वदनियतपूर्ण भएको बताए ।