बार्सिलोना बोर्डसँग सम्बन्ध राम्रै बनाएर क्लब छोड्ने तयारीमा मेस्सी
एजेन्सी - बार्सिलोनाका स्टार खेलाडी लियोनलम मेस्सीले क्लब छोड्ने पक्कापक्की नै गरेको खबर आइनै रहेका छन् । पछिल्लो मिडिया रिपोर्ट अनुसार मेस्सीले बार्सिलोनाको बोर्ड मिटिंग चाहेका छन् ।
मिडिया रिपोर्टका अनुसार उनले बोर्डसँग एकपटक छलफल गर्न चाहेको र क्लबसँग राम्रो सम्बन्ध बनाएर छोड्न चाहेका छन् । गएको मंगलबारे उनले आफ्नो वकिल मार्फत क्लब छोड्न चाहेको जानकारी गराएका थिए ।
उनले क्लब छोड्ने खबर बाहिर आएसँगै बार्सिलोना भित्र र बाहिर व्यापक टिप्पणीहरु हुन थालेका छन् । उनले कानुनी प्रक्रिया सहज बनाइदिन क्लबसँग आग्रह गरेका थिए ।
मिडिया रिपोर्टका अनुसार उनी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी जाने सम्भावना बलियो रहेको छ । प्रशिक्षक पेप ग्वार्डीवालासँग राम्रो सम्बन्ध रहेका कारण पनि उनी म्यानसिटी जाने सम्भावना बलियो रहेको हो ।
फेसबुक पेज Like गर्नुहोस