हनि ट्रयापिङमा संलग्न इन्सपेक्टर ललितपुर परिसरको हिरासतमा
खबर एक्सप्रेस
५ घण्टा अगाडि
Total Shares: 5
काठमाडौं - हनि ट्रयापिङ समूहसँग मिलेर व्यापारीलाई थुनामा राखेर पैसा असुल्ने तत्कालिन इन्सपेक्टर बिनुकुमारी शाही प्रहरी हिरासतमा पुगेकी छिन् ।
सारा शक्ति लगाएर पक्राउ रोकाएकी उनी आइतबार आफैं अदालतमा उपस्थित भएकी थिइन् । तर, थुनछेक बहस नसकिएपछि अदाललते थुनामा राख्न ललितपुर परिसरमा पठाएको हो ।
भैंसेपाटी प्रभागको प्रमुख रहेका बेला गत ७ असोजमा उनले एक व्यापारीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ असुलेकी थिइन्।
घटना बाहिरिएपछि निलम्बनमा परेकी उनलाई प्रहरीले फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । छानविन समितिमा समेत बयान दिन नगएकी उनी अन्ततः प्रहरी हिरासत पुगेकी छिन्।
फेसबुक पेज Like गर्नुहोस