च्याम्पियन्स लिग: एट्लेटिकोविरुद्ध एलिसन नखेल्ने
खबर एक्सप्रेस
२०७६-११-२४ ०८:३२ मा प्रकाशित
Total Shares: 731
काठमाडौं - लिभरपुलका गोलकिपर एलिसनले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको एट्लेटिको मड्रिडबिरुद्धको खेल गुमाउने भएका छन् ।
हिपमा चोट लागेका कारण उनले च्याम्पियन्स लिगको आगामी खेलबाट बाहिरिएका हुन् ।
लिभरपुलले आगामी बुधबार एट्लेटिको मड्रिडलाई घरेलु मैदानमा प्रतिस्पर्धा गर्दै छ । पहिलो लेगको खेलमा एट्लेटिकोले लिभरपुललाई १–० ले हराएको थियो ।
एलिसन चोटकै कारण ब्राजिली टिमबाट समेत बाहिरिएका छन् । उनले विश्वकप छनोटको बोलिभिया र पेरुसंगको खेल समेत गुमाउनेछन् ।
फेसबुक पेज Like गर्नुहोस