प्रतिनिधि सभामा आज अध्यादेश निर्णयार्थ पेस नहुने
काठमाडौं - नेपाली कांग्रेसले सरकारले सदनमा पेस गरेका अध्यादेशहरू स्वीकृत हुने जनाएको छ।
बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि बोल्दै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले उक्त कुरा बताएका हुन् ।
ती अध्यादेश अस्वीकृत गर्न प्रतिनिधि सभामा प्रतिपक्षी दलका सांसदहरूले ५० र राष्ट्रिय सभामा १६ वटा अस्वीकृत प्रस्ताव दर्ता गरेका थिए।
संसद बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको थियो। तर अहिलेसम्म सुरू भएको छैन।
अध्यादेशका स्वीकार गर्न लागि प्रतिनिधि सभामा कांग्रेस र एमालेको मात्रै पनि बहुमत पुग्छ। तर राष्ट्रिय सभामा सत्ता पक्षलाई उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका ३ सांसदको साथ चाहिन्छ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार कुराकानी गरेका थिए।
जसपाले अध्यादेशबारे निर्णय गर्न ढिलाइ गर्दा सरकारले अध्यादेश निर्णयार्थ पेस गर्ने समय सार्न दुवै सदनलाई आग्रह गरेको छ।
फेसबुक पेज Like गर्नुहोस