काठमाडौं - चैत ११ गतेदेखि जारी देशव्यापी लकडाउन खुकुलो बनाइएको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले जनतालाई केहि सहजता होस् भनेर निजी सवारी जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोहि निर्णय बमोजिम आजदेखि देशभर जोर बिजोर प्रणाली लागु भएको छ ।

निर्णय अनुसार एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन । तर, उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा भने एकबाट अर्कोमा जान रोकिने छैन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिजोर नम्बर चलाउन पाइनेछ । जसअनुसार आज जोर नम्बर भएका निजी सवारी चल्नेछन् ।

चारपाङ्ग्रे सवारीमा चालकसहित तीनजना र दुई पाङ्ग्रेमा एकजना मात्रै राखेर सञ्चालन गर्नुपर्नेछ ।