प्रिमियर लिग जुनबाट सुरु हुने
काठमाडौं - युके सरकारले मार्चदेखि स्थगित भएको प्रिमियर लिग सुचारु गर्न अनुमति लिएको छ । आउने जुन महिनादेखि प्रिमियर लिग र इंलिस फुटबल लिग सुरु हुने भएको छ । मार्चदेखि युकेका धेरै क्षेत्रहरुका कामहरु स्थगित रहेका छन् ।
युकेले विस्तारै अवस्था सामान्य बनाउँदै लैजाने रणनीति तयार पारेको थियो । मिडिया रिपोर्टका अनुसार प्रिमियर लिग सुचार गर्नका लागि सबै प्रक्रिया पुरा भएको छ ।
केही विवाद रहे पनि ती विवाद सल्टिने गरी प्रिमियर लिग सुरु गर्न सरकारले अनुमति दिएको बताइएको छ ।
हालसम्म युकेमा कोरोना भाइरसका कारण ३३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । प्रिमियर लिग क्लबका खेलाडीहरु अभ्यासका लागि फर्किसकेका छन् । सबै कुरा सामान्य रहे खेलहरु सुचारु हुने पक्का भएको हो ।
प्रिमियर लिगको शिर्षस्थानमा लिभरपुल रहेको छ । यस सिजन लिभरपुलले २९ खेलबाट ८२ अंक जोडेको छ । २५ अंकको अग्रता बनाएको लिभरपुलले प्रिमियर लिग उपाधि जित्न दुई खेल जिते हुन्छ ।
फेसबुक पेज Like गर्नुहोस