सांसद पदबाट रवि लामिछाने निलम्बित
खबर एक्सप्रेस
३ घण्टा अगाडि
Total Shares: 6
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छ ।
संसद सचिवालयले सूचना टास गर्दै चितवन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेको संसद पद निलम्बनमा परेको जानकारी दिएको हो ।
कास्की जिल्ला अदालतमा आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी समेतको मुद्दाको पुरक अभियोगपत्र दर्ता भएको र जिल्ला सरकारी वकील कार्यालयको पत्रसहित अपराध अनुसन्धान तथा कारबाही शाखा कास्कीले सभामुखलाई सम्बोधन गरी पत्र पठाएको थियो ।
लामिछाने गत २ कातिकमा काठमाडौंबाट पक्राउ परेका थिए ।
फेसबुक पेज Like गर्नुहोस