पर्वत पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या आठ पुग्यो, एक जना अझै बेपत्ता
खबर एक्सप्रेस
१९७०-०१-०१ ०५:३० मा प्रकाशित
Total Shares: 423
बागलुङ - पर्वतको कुश्मा नगरपालिका ३ दुलुङमा शनिबार राति भीषण पहिरोले दुई घर पुरिँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
१ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख विश्वराज अधिकारीले जानकरी दिए । एक जनाको खोजी कार्य भइरहेको बताइएको छ ।
नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको सक्रियतामा उद्धार भइरहेको प्रहरी प्रमुख अधिकारीको भनाई छ ।
हिजो साँझ देखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर धेरै पशुचौपायको पनि मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस